राजनीति

सरकारी वकिलमा पुगेका नेकपा र जनता समाजवादीका कार्यकर्ताबीच तनाव

बैशाख १६, २०७७

    काठमाडौं : एकअर्काविरुद्ध उजुरी लिएर पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादीका कार्यकर्ताबीच बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा जम्काभेट भएको छ।

    डा. बाबुराम भट्टराईविरुद्ध साइबर क्राइमको उजुरी लिएर पुगेका नेकपाका कार्यकर्ता र आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्‍नेत, किसानसिंह श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी लिएर पुगेका जनता समाजवादीका नेता कार्यकर्ता जम्काभेट हुँदा नाराबाजी भएको हो।

    दुवै पक्षबीच जम्काभेट हुँदा सरकारी वकिलको कार्यालय क्षेत्रमा केही बेर एकअर्काविरुद्ध नाराबाजी भएको थियो। सरकारले चलाएको लकडाउनका बेला दुवै पक्ष भिड जम्मा गरेर सडकमा निस्किएका थिए।

    तर सरकारी वकिलको कार्यालयले दुवै पक्षको उजुरी लिन अस्वीकार गरेको छ। दुवैले लिएर गएको जाहेरीलाई यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले पनि दर्ता गर्न अस्वीकार गरेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]