राजनीति

नेकपा सचिवालय बैठक बुधबार साँझ बस्‍ने, सहमति प्रयास बिफल

नेपाल-दाहाल ओलीको एक पद खोस्‍ने रणनीतिमा

बैशाख १६, २०७७

    काठमाडौं : अनेक विवाद र किचलोमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार साँझका लागि बोलाइएको छ। 

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएपछि सचिवालय बैठक डाकिएको थियो। उक्त बैठक आजै बस्‍ने तयारी थियो तर नेकपाका तीन गुटबीच चर्किएको विवादले यो बुधबार साँझ ५ बजेका लागि सरेको हो।

    मंगलबार दिउँसो दुई बजे बस्ने भनिएको बैठक ओली, दाहाल र नेपाल समूहबीच कुरो नमिल्दा बस्‍न सकेन। ओली-दाहालबीच करिब २ घण्टा लामो संवादपछि बुधबार सचिवालय बस्न‍े भएको हो। 

    वैशाख ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग सल्लाह नै नगरी दुईवटा विधेयक ल्याएसँगै नेकपा विवादको भूमरीमा फसेको छ। दाहाल र नेपाल पक्ष ओलीबाट कम्तीमा पनि एउटा पद खोस्‍ने रणनीतिमा छन्। तर ओली भने तीनजना अध्यक्ष राखेर अघि बढ्ने रणनीतिमा छन्। 

    ओलीले दुई अध्यादेश ल्याएसँगै दाहाल र नेपाल समुह आक्रमक बनेको छ। दाहालले वैशाख ८ मै स्थायी कमिटी बोलाउनु पर्ने राय राखेका थिए। त्यसपछि २० दाहाल-नेपाल समूहका २० जना नेताहरुले तत्कालै स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बोलाउन दबाब दिएका थिए।

    उही विवादबीच दाहाल, नेपाल र ओली समूहबीच मंगलबार दिनभर सहमतिको प्रयास भएको थियो। तर तीनै समुह आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको छैन। 

    ओली नेपाल समूहलाई फकाएर अघि बढ्ने रणनीतिमा छन्। तर नेपाल समुह यो पटक नगद नै कारोबार गर्ने अडानमा छ। नेता नेपालले पनि ओलीले पटक पटक धोका दिएकाले यो पटक हिसाब किताब गरेरै छाड्ने आफ्ना निकटस्थलाई बताउँदै आएका छन्। 

    अध्यादेश प्रकरणपछि ओली अहिले सचिवालयमा अल्पमतमा छन्। नेपाल, दाहाल समूह आक्रमक भएकाले ओली भोलिको बैठकमा रक्षात्मकरुमा प्रस्तुत हुने रणनीतिमा छन्। दुई अध्यादेश ल्याएपछि आफ्नो समूहका वामदेव गौतम र विष्णु पौडेलले पनि भैंसेपाटीमा भेला भएर नेपाल-दाहालसँग गठजोड कसेपछि ओलीलाई झन् अफ्ठेरो परेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]