काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
सिन्धुपाल्चोक : जिल्लाभित्रका पूर्वसम्झौताका विकासका काम सुरु हुने भएका छन्। संघ, प्रदेश र स्थानीय तहबाट विनियोजन भई निर्माणाधीन अवस्थामा रहेका अधुरा परियोजना निरन्तर गर्न जिल्लास्थित उच्चस्तरीय संयन्त्रले बाटो खुला गरेको छ।
सम्बन्धित स्थानीय तहले विकास तथा निर्माणको काम गर्न व्यवसायी तथा उपभोक्ता समितिलाई आवश्यक पास मिलाईने समितिले जनाएको छ।
विकास परियोजना सम्पन्न गर्न चाहिने आवश्यक कच्चा पदार्थ तथा आवश्यक वस्तु ढुवानी गर्न स्थानीय तहले सहजीकरण गर्ने सहमति भएको जिल्लास्थित उच्चस्तरीय संयन्त्रका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए।
अन्तरपालिकाबाट ढुवानी गर्नपरेमा सम्बन्धी स्थानीय तहसँग समन्वय तथा सहजीकरण गर्न सकिने तामाङले जानकारी दिए। त्यस्तै एकबाट अर्को जिल्लामा ढुवानी तथा आपूर्ति व्यवस्था मिलाउनुपरे जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने समितिले निर्णय गरेको छ।
मूल्यसूची र मौज्दात विवरण बुझाउनुपर्ने
हरेक स्थानीय तहको मुख्य बजारहरुमा बिक्रीकर्ताहरुको स्टोरभित्र रहेका खाद्य तथा निर्माण सामाग्रीको मौज्दात विवरण र मूल्यसूची स्थानीय सरकारलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको छ।
कालोबजारी र अनावश्यक सवारी रोक्न यस्तो व्यवस्था गरिएको बाह्रबिसे नगरपालिका प्रमुख निमफोञ्जो शेर्पाले बताए। विवरण उपलब्ध गराएको व्यवसाय र बिक्रीकर्ताहरुलाई आवश्यक परेको सामान आपूर्ति तथा ढुवानीका लागि सम्बन्धित पालिकाले पासको व्यवस्था मिलाउने शेर्पाले जानकारी दिए।
संयन्त्रले जिल्लाबाट अन्य स्थानमा श्रम, रोजगार र अध्ययनका लागि पुगेका जिल्लाबासीको सुरक्षा सोही ठाउँमा गर्ने बताएको छ।
निर्माण सञ्चालन गर्न उद्योग सञ्चालन
जिल्लाभित्र रहेका ठूला तथा साना, मझौला क्रसर उद्योग सञ्चालन हुने भएका छन्। कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम गरी व्यबसाय सञ्चालन गर्न स्थानीय तहहरुबाट अनुमति भने लिनुपर्ने छ।
र त्यसको बोधार्थ जिल्ला अनुगमन समितिलाई दिने निर्णय समितिले गरेको छ। साथै जिल्लाभित्रका शिक्षालयले लिएका आन्तरिक परीक्षाको नतिजा प्रकाशन गर्न जिल्ला शिक्षा समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहलाई अविलम्ब थालनी गर्न आग्रह गरेको छ।
अनलाइन कक्षा तथा सञ्चारमाध्याम प्रयोग गरी पठनपाठन व्यवस्था गर्न प्रयत्न गरिने समितिले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।