स्थानीय निर्वाचन-२०७९

नारायणी अस्पतालमा कोरोना संक्रमित फेरि पाँच पुगे

बैशाख १६, २०७७

    पर्सा। वीरगन्जको नारायणी अस्पतालमा उपचार गराउने कोरोना संक्रमितको संख्या पुनः पाँच पुगेको छ। गएको चैत ३० मा वीरगन्जमा नै फेला परेका ३ भारतीय जमाती र रौतहटका एक युवक आइतबार डिस्चार्ज भएपछि घटेको संख्या पुनः थपिएको हो। 

    आज रौतहटमा संक्रमित पुष्टि भएका २ युवकलाई पनि नारायणी अस्पतालमा नै उपचारका लागि ल्याइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा. मदनकुमार उपाध्यायले बताए। 

    सुरुमा वीरगन्जमा फेला परेका ३ भारतीय जमाती र रौतहटकै एक युवक बिदा भएपछि उपचारार्थ संक्रमितको संख्या घट्ने अपेक्षा गरिएको थियो। तर त्यो अपेक्षा पूरा हुन पाएन।

    सोही दिन भारतीय जमातीकै सम्पर्कमा रहेको वीरगन्जका २ जनामा कोरोना संक्रमण पुष्टि भयो।सोही दिनदेखि नारायणी अस्पतालमा ३ जना संक्रमित उपचार गराइरहेका छन्। मंगलबार रौतहटमा संक्रमण पुष्टि भएका दुई युवा अहिले नारायणी अस्पतालमा नै भर्ना भइसकेका छन्। उनीहरु सहित पुनः अस्पतालमा उपचार गराउने संक्रमितको संख्या पाँच नै पुगेको डा उपाध्यायले बताए। 

    रौतहटबाट मंगलबार साँझ ल्याइएका युवामध्ये एक जना ३५ वर्षीय देवाही गोनाही–१ करुनिया टोलका पुरुष रहेको र अर्का संक्रमित वृन्दावन नगरपालिका–९ भुसाहा टोलका २४ वर्षीय युवा रहेको जनाइएको छ।

    चोरबाट हुँदै ३५ वर्षीय पुरुष दिल्लीबाट वैशाख ४ गते नेपाल आएका र अर्का युवा पनि गएको चैत २२ गते नै भारतबाट नेपाल आएको खुलेको छ। ३५ वर्षीय पुरुष क्‍वारेन्टाइन जानुअघि घर परिवार र ससुरालीमा केहिदिन बसेको बताइएको छ। 

    ती युवा चन्द्रपुरस्थित क्‍वारेन्टाइनमा राखिएको रौतहट प्रहरीले जनाएको छ। क्‍वारेन्टाइनबाट छाडिएको १० दिनपछि काठमाडौंको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको खुलेको हो। यो संख्यासँगै रौतहटमा पनि संक्रमितको संख्या ३ पुगेको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]