तीमध्ये १४ जनाको रिपोर्ट पोजेटिभ
सिन्धुपाल्चोक : कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि बागमती प्रदेश सरकारले परीक्षणलाई तीव्र बनाएको छ।
मंगलबारसम्म आठ हजार १४ जनाको आरडिटी परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। परीक्षण गरिएका मध्ये सात हजार नौ सय ९७ मा नेगेटिभ र १७ जनामा पोजेटिभ देखिएको थियो।
आरडीटी पोजेटिभ देखिएकाहरुको स्वाब परीक्षण गर्दा ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ भएको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।
हालसम्म काठमाडौंमा दुई हजार पाँच सय ४३, ललितपुरमा ६ सय २९, भतmपुरमा तीन सय ६२, मकवानपुरमा पाँच सय ३७, सिन्धुलीमा चार सय ९१, धादिङमा पाँच सय ५५, रसुवामा ६१, .नुवाकोटमा पाँच सय १९, सिन्धुपाल्चोकमा पाँच सय २, काभ्रेमा ४ सय ८५, दोलखामा तीन सय ६९, रामेछापमा एक सय ५५ जनाको आरडिटी परीक्षण गरिसकिएको छ।
त्यस्तै मन्त्रालयले हालसम्म १३ जिल्लाबाट दुई हजार ९६ जनाको स्वाब परीक्षण गरिएको जनाएको छ। प्रदेशमा हालसम्म ६ जनामा कोरोना संक्रमण पोजेटिभ रहेको देखिएको जानकारी डा.सेढाईले दिए ।
प्रदेशका १३ वटा जिल्लामा कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि तीन हजार नौ सय २४ बेडको क्वारेन्टाइन आठ सय ९८ आइसोलेसन बेड तयारी हालतमा रहेको उनले बताए। क्वारेन्टाइनमा हालसम्म तीन सय आठ जना बसेका छन्। आइसोलेसनमा भने ४ जना मात्र रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।