समाज

स्याङजा प्रवेशद्वारमा सेनिटाइज टनेल

बैशाख १७, २०७७

    स्याङजा : स्याङजा र कास्कीको सिमानामा रहेको कुभिन्डेमा सेनिटाइज टनेल स्थापना गरिएको । स्याङजालाई कोरोना भाइरसको सम्भावित संक्रमणबाट रोकथाम गर्न युवा संघ नेपाल पुतलीबजार नगर कमिटीले सिद्धार्थ राजमार्गको जिल्ला प्रवेशद्वारमा सेनिटाइज टनेल स्थापना गरेको हो।

    राजमार्ग हुँदै आउने गर्ने कुनै पनि व्यक्तिलाई सेनिटाइज गरेपछि मात्र स्याङजा प्रवेश गर्न दिइन्छ।  प्रदेश ५ र गण्डकी प्रदेशको प्रवेशद्वार राम्दीमा पनि यो टनेलको स्थापना गरिने भरत गोदारले बताए।

    सेनिटाइज टनेल हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापाले जिल्लावासीलाई संक्रमणमुक्त बनाउन नाकामा राखिने टनेलको सदुपयोग गर्ने बताइन्। अहिले यस नाका हुँदै आउने यात्रुहरुले अनिवार्य व्यक्तिगत विवरण टिपाउनुपर्ने, थर्मो स्क्यानमार्फत चेकजाँच गर्नुपर्ने र सिसि क्यामेरा मार्फत दृश्य कैद गर्ने समेत शुरुवात गरिएको थापाले बताइन्।

    यसैगरी प्रदेश ५ र गण्डकी प्रदेश जोड्ने नाका पनि सवारी साधनलाई अनिवार्य डिसइन्फेक्टेड स्प्रे छरेर मात्र जिल्ला प्रवेश गराइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]