स्थानीय निर्वाचन-२०७९

भारतमा एकै परिवारका आठ जना नेपालीले जिते कोरोनाको संक्रमण

बैशाख १७, २०७७

    काठमाडाै‌ं : भारतमा एकै परिवारका आठ जना नेपाली कोरोना भाइरसकालई जितेर घर फर्किएका छन्। 

    पश्चिम नेपालको अछाम जिल्लाको चैरपाटी  निवासी उनीहरु अहिले घरमै आराम गरिरकेका छन।  भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठ जनामा अघिल्लो महिना कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो। तीनवटा अलग–अलग अस्पतालमा झण्डै साढे तीन साताको उपचारपछि निको भएका उनीहरू दक्षिण मुम्बईको आफ्नो घरमा बसिरहेको छन। 

    परिवारकाअनुसार कार चलाउने काम गर्ने उनका माइलो भाइलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस नियन्त्रणको प्रयासमा लकडाउन घोषणा गर्नु अघि नै ज्वरो आइरहेको थियो।

    पारिवारिक चिकित्सकबाट परीक्षण अनि विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदा समेत ज्वरो आउने, छाति दुख्ने र टाउको दुख्ने क्रम रोकिएन। त्यसपछि उनले भाइमा कोरोनाभाइरस रहे या नरहेको परीक्षण गराउने निधो गरे। स्वास्थ्य परीक्षणमा भाइलाई कोभिड–१९ देखिएपछि उनलाई अस्पतालमा भर्ना गरियो।

    एउटै घरमा बस्ने भएकाले परिवारका सबै ११ जनाको परीक्षण गराएको थियो।  जाँचपछि उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

    आफ्ना १२ वर्षे छोरा, भाइबुहारी र भतिजी बाहेक परिवारका सबैमा कोरोना देखिएको थियो। भारतको मुम्बईका ट्रमा, कस्तुरवा र पी डब्लू अस्पतालमा उनका परिवारका सदस्यहरूको उपचार गरिएको थियो।

    उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए। निको भएर घर फर्किका उनीहरुले हिन्दु विधि अनुसार पूजापाठ गरेर परिवारका सबै सदस्यहरू दक्षिण भारतको मुम्बई स्थित गिरगाउँ चौपट्टीमा रहेको घरमा प्रवेश गरेको र पहिलाजस्तै एकजुट भएर रमाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]