राजनीति

नेकपाको विवादबारे महराले भने : जनता निराश भए, कोरोनाविरुद्ध लडौँ

बैशाख १७, २०७७

    काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले जनता निराश भएको बताएका छन्।

    नेकपामा केही सातादेखि जारी रडाको बारे बुधबार विज्ञप्तिमार्फत आफ्नो धारणा राख्दै महराले अहिलेको अवस्थामा कोरोनाविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्। 

    उनले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देशलाई लकडाउनमा लैजाँदा देशको अर्थतन्त्र पनि धरासायी अवस्थामा पुगेकोतर्फ ध्यानाकर्षण गराएका छन्। उनले यो बेला राष्ट्रिय एकता अपरिहार्य भएकोमा पनि जोड दिएका छन्। 

    'अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल र जनसुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो', उनले भनेका छन् ,'मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आमजनता निराश बनेका छन्', उनले भनेका छन्, 'यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्‍न सकिँदैन।'

    महराले दलहरुबीच एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्। 'दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न म हार्दिक अपील गर्दछु', उनले भनेका छन्। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]