राजनीति

संसद डाक्ने तयारी, बैठक कक्ष अवलोकन गर्न पुगे प्रधानमन्त्री

बैशाख १७, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बानेश्‍वरस्थित संसद भवनको अवलोकन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार संसद भवनको अवलोकन गरेका हुन्।

    भवन अवलोकनको क्रममा प्रधानमन्त्री ओली, सभामुख अग्‍निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले संयुक्त रूपमा अवलोकन गरेको सभामुखको प्रेसविज्ञ श्रीधर न्यौपालेले जानकारी दिए।

    कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले चैत ११ देखि लकडाउन गरेको छ। लकडाउन जारी रहेको अवस्थामा अब नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ। 

    लकडाउनको कारणले संसद बैठक बस्‍न नसकिरहेको अवस्था छ। सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी थालेपछि प्रधानमन्त्री अवलोकनका लागि पुगेका हुन्।  

    यही बिषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बुधबार बिहान छलफल भएपछि संयुक्त रूपमा संसद भवनको अवलोकन गरेका हुन्।

    प्रधानमन्त्री र सभामुख सापकोटाबीच संघीय संसदको बजेट (वर्षे) अधिवेशन बोलाउने विषयमा छलफल भएको छ। त्यसैगरि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय, नीति तथा कार्यक्रममा पनि छलफल भएको प्रेस विज्ञ न्यौपानेले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]