काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
ओलीको पक्षमा बहुमत जुटाउने प्रयास
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको गुट विवादले उग्ररुप लिएका बेला हस्ताक्षर अभियान सुरु भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही नेताले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सोमबारदेखि हस्ताक्षर अभिायान चलाइरहेका बेला बालुवाटारतिर पनि त्यस्तै दृश्य देखिन थालेको हो।
प्रचण्ड समूहका नेता हरिबोल गजुरेलसहितले ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट बिदा गर्न भन्दै हस्ताक्षर अभियान चलाइरहेका बेला बालुवाटारमा पनि त्यही अभियानको तयारी बुधबार भएको हो।
'पार्टीमा विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने यो एउटा प्रयास हुन सक्छ', बैठकमा सहभागी एक सांसदले भने, 'हामी उपत्यकामा भएकालाई अनिवार्य आउन भनिएको थियो। हस्ताक्षर अभियानबारे पनि यहाँ कुरा भएको छ।'
बुधबार दिउँसो बालुवाटारमा भइरहेको ओली समूहका केन्द्रीय सदस्य र सांसदहरुको गोप्य बैठकमा बहुमत जुटाउनका लागि हस्ताक्षर अभियान चलाउनेबारे छलफल भएको हो।
बुधबार अपरान्ह ५ बजे पार्टीको सचिवालय बैठक बस्नुअघि बालुवाटारमा ओली पक्षले गुट बैठक राखेको छ। उक्त बैठकमा काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्य र सांसदहरु सहभागी भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।