समाज

लकडाउन अवधिभर २१ सय सवारी पास दुरुपयोग

बैशाख १७, २०७७

    काठमाडौं : लकडाउनको समयमा जथाभावी सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक महाशाखाले ७ सय १४ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। यस्तै, पास दुरुपयोग गर्ने २० जनालाई नियन्त्रणमा लिएको हो।

    गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयहरूलाई लकडाउन कडाइका साथ पालना गर्न परिपत्र जारी गरेपछि उपत्यकामा सुरक्षाकर्मी झन् सक्रिय भएका हुन्।

    महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार बुधबार मात्र उपत्यकामा मोटरसाइकल ६ सय र चार चक्के सवारीसाधन ५५ वटा नियन्त्रणमा लिएको जानकारी दिए। गृहले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारी गुडाउन निर्देशन दिएको छ।

    महाशाखा प्रमुख ढकालले लकडाउनको अवधिका पास दुरुपयोग गर्ने  २ हजार १ सय १० जनालाई कारबाही गरेको जानकारी दिए।

    सवारी पास लिएका साधनलाई उनीहरूको आवश्यकता हो होइन  हेरेर मात्रै चलाउन दिइएको छ। प्रत्येक सवारी साधनको सवारी पास परीक्षण गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।

    ट्राफिक प्रहरी चौबीसै घण्टा खटिएका छन्। सवारी पास नभई गुडाएमा कारबाही गरिने ढकालले जानकारी दिए। नयाँ बानेश्वर, सिंहदरबार, त्रिपुरेश्वर, हनुमानस्थान, थापाथली, टेकु, दरबारमार्गलगायत मुख्य-मुख्य चोकमा प्रहरीले चेकिङ गरिरहेको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]