फिचर : फोटो फिचर

उपत्यका भित्रिने सवारीसाधनमा स्प्रे गर्दै रेडक्रस (फोटो फिचर)

बैशाख १८, २०७७

    काठमाडौं :  कोरोना भाइरसबाट बच्‍नका लागि सरकारले लकडाउनसहित अन्य सतर्कता अपनाउँदै आएको छ। यो संकटको समयमा सरकारलगायत विभिन्न संघ, संस्थाहरूले पनि राहत सामग्री बाँड्नेदेखि अलपत्र परेका यात्रुलाई आफ्नो गन्तव्‍यसम्म पुर्‍याउन आ–आफ्नै तरिकाले सहयोग गरिरहेका छ्न्।

    यसै सन्दर्भमा कोटेश्वर चोक हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनलाई नेपाल रेडक्रस सोसाइटीले सेनिटाइजर छर्किएर मात्रै राजधानी प्रवेश गर्ने व्यवस्था मिलाएको छ। एम्बुलेन्स, मोटरसाइकल, निजी सवारीसाधन लगायतमा रेडक्रसले सेनिटाइजर स्प्रेको व्‍यवस्था गरेको हो।

    कोटेश्वर चोकबाट देशका विभिन्न जिल्लादेखि भारतबाट समेत खाद्यान्न तथा अन्य सामग्रीहरू लिएर ठूलो संख्यामा मालबाहक सवारीसाधनसमेत भित्रने भएकोले पनि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो।

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]