स्थानीय निर्वाचन-२०७९

र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै

क्वारेन्टाइनमा बस्ने बढे, आइसोलेसनमा बस्ने संम्भावित संक्रमित घटे

बैशाख १७, २०७७

    काठमाडौंः देशभर र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) अर्थात र्‍यापिड किट विधिमार्फत साढे ४५ हजार वटा नमुना परीक्षण गरिएको छ।

    बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले सातै प्रदेशमा जारी आरडिटी परीक्षणबाट ४५ हजार ६ सय ६५ वटा परीक्षण गरिएको जानकारी दिएका हुन्। 

    उनले पछिल्लो २४ घण्टामा र्‍यापिड किटबाट १ हजार ६ सय ४६ वटा नमुना परीक्षण गरिदाँ पीसीआर परीक्षण भने जम्मा ७ सय १७ वटा भएको छ। मंगलबार १० हजार ८ सय ७ वटा भनिएको पीसीआर परीक्षण बुधबार ११ हजार ५ सय २४ पुगेको हो। 

    यससँगै दुवै विधिमार्फत गरिएको परीक्षणको संख्या ५७ हजार १ सय ८९ पुगेको छ। उनका अनुसार सबैभन्दा वढी सुदुरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ र कम प्रदेश ५ मा ३ हजार ६ सय ७१ वटा परीक्षण गरिएको छ। 

    त्यस्तै, प्रदेश नम्बर १ मा ४ हजार ८ सय ८१, प्रदेश २ मा ५ हजार २ सय ९८, बाग्मती प्रदेश ८ हजार २ सय १७, गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३ र कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ वटा परीक्षण गरिएको छ। 

    मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेहरुको संख्या वढेर २२ हजार ९ सय १ पुगेको छ। प्रदेश १ मा २ हजार ४ सय ७८, प्रदेश २ मा १ हजार ४ सय ४, बाग्मती प्रदेशमा ६ सय ११, गण्डकी प्रदेशमा ६ सय ९४, प्रदेश ५ मा १२ हजार ५ सय १५, कर्णाली प्रदेशमा ३ हजार ९ सय ६३ र सुदुरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना क्वारेन्टाइनमा छन्। 

    आइसोलेसनमा बसेका संक्रमित र संम्भावित संक्रमितको संख्या भने ८७ जनामा झरेको छ। तीमध्ये काठमाडौं उपत्यकामा ४ जना र काठमाडौबाहिर ८३ जना रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]