राजनीति

विगतको फुट सम्झाउँदै घनश्याम भुसालले भने : जिम्मेवार बनौं, नहडबडाऊँ

बैशाख १७, २०७७

    काठमाडौँ : कृषि मन्त्री एवम् नेकपाका नेता घनश्याम भुसालले पार्टीमा देखिएको समस्या समाधान गर्न तीन बुँदे उपाय सुझाएका छन्। भुसालले बुधबार सामाजिक सञ्‍जाल फेसबुकबाट नेकपा विवाद उत्कर्षमा पुगेको भन्दै समाधानका लागि तीन बुँदै सुझाव दिएका हुन्।

    ‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो र २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो,’ नेकपाका स्थायी समिति सदस्य भुसालले भनेका छन्, ‘२०६४ र ६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र, विभाजनको प्रक्रियामा गयो।’

    उनले समस्याले उपयुक्त समाधान खोज्ने बताएका छन्। 'समस्याले उपयुक्त समाधान खोज्छ। अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ', उनले भनेका छन्, 'पार्टी एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न पहिलो-नहडबडाऊँ, दोस्रो-संवाद गरौं र तेस्रो-संस्थागत प्रणालीभित्रै समाधान खोजौं। मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]