अर्थ

आर्थिक वृद्धिदर २.२८ प्रतिशत मात्रै

कोभिडले अर्थतन्त्रमा गम्भीर असर

बैशाख १७, २०७७

    काठमाडौं : नेपालमा चालू आर्थिक वर्षमा २०७६/०७७ मा २.२८ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ। तर सरकारले भने चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष निर्धारण गरेको थियो। गत माघदेखि ने कोभिड-१९ को विश्‍वव्यापी असर देखिएपछि नेपालमा पनि आर्थिक वृद्धिदर ६ प्रतिशत कमी हुने देखिएको हो। 

    चालू आर्थिक वर्षको फागुन मसान्तसम्को आर्थिक सूचक तथा आगामी दिनको प्रक्षेपणका आधारमा केन्द्रीय तथ्यांक विकागले सार्वजनिक गरेको विवरण अनुसार चालू वर्षमा २.२८ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने भएको हो। 

    यसअघि विश्‍व बैंकले नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतदेखि २.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको थियो। तथ्यांक विभाभगले पहिलो त्रैमासको आर्थिक सूचांकाकलाई आधार मानेर ४.५ प्रतिशतको आर्थिक वृद्धदर हुने अनुमानग गरेको थियो। विभागले अघिल्लो आर्थिक वर्षमा पनि ६.९९ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने जनाएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]