अर्थ

३७ खर्ब ६७ अर्बको अर्थतन्त्र, कृषिको योगदान २७.०८ प्रतिशत

बैशाख १७, २०७७

    काठमाडौं : नेपाली अर्थतन्त्रको आकार चालु आर्थिक वर्षमा २.२७ प्रतिशतले बढ्ने भएको छ। योसँगै अब अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको हुने अनुमानग गरिएको छ। 

    केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो। २०७४/७५ मा ६.३५ प्रतिशत आर्थिक वृद्धिदर भएको थियो।

    नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा प्राथमिक (कृषि, वन, मत्स्य, खानी र खनिज) क्षेत्रको योगदान २८.०२ प्रतिशत रहने अनुमान छ। प्राथमिक (कृषि, वन, मत्स्य, खानी र खनिज) क्षेत्रको योगदान १३.७२ प्रतिशत रहने अनुमान छ। सेवा (तृतीय) क्षेत्रको योगदान ५८.०८ प्रतिशत रहने अनुमान गरिएको छ। सरकारले यी तीन क्षेत्रका १५ सूचकका  आधारमा जीडीपी गणना गर्छ। 

    जीडीपीमा कृषि क्षेत्रको योगदान २७.०८ प्रतिशतको छ। गत वर्ष भन्दा कृषिको उत्पादकत्व २.४८ प्रतिशत बढी हुने अनुमान विभागले गरेको छ। गत वर्ष कृषि उत्पादकत्व दर ५.०५ प्रतिशतले बढेको थियो। तर यो वर्ष धान उत्पादन घट्नुका साथै आपूर्तिमा समस्या भएपछि केही कमी हुने अनुमान छ। 

    विभागका अनुसार कुल ग्राहस्थ उत्पादनको कृषिको उत्पादकत्व ९ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँको भएको छ। मत्स्यपालनबाट जीडीपीमा ०.५७ प्रतिशत योगदान देखिएको छ। 

    विभागका अनुसार खानी तथा उत्खनन क्षेत्रबाट जीडीपमा ०.५५ प्रतिशत योगदान छ। वर्षभन्दा ०.६९ प्रतिशतले वृद्धिदरमा ह्रास आएको छ। यसमा उत्पादकत्व मूल्य १८ अर्ब ३४ करोड देखिएको छ।

    जीडीपीमा उद्योगको योगदान ५.०९ प्रतिशत छ। यस क्षेत्रमा गत आवको भन्दा २.२७ प्रतिशतले वृद्धिदर घटेको छ। यस क्षेत्रको उत्पादकत्व मूल्य १ खर्ब ७० अर्ब रुपैयाँ छ। 

    जीडीपीमा विद्युत ग्यास, पानीको योगदान १.४१ प्रतिशत देखिएको छ। यस क्षेत्रमा गत वर्षको तुलनामा २८.७५ प्रतिशत उत्पादकत्व बढेको छ। यस क्षेत्रबाट जम्मा उत्पादकत्व मूल्य ४७ अर्ब ५ करोड रहेको छ।

    निर्माण क्षेत्रले जीडीपीमा ७.२३ प्रतिशत  योगदान गरेको छ। गत वर्षको जम्मा मूल्य अभिवृद्धिको तुलनामा ०.३१ प्रतिशत कमी आएको देखिएको छ। निर्माण क्षेत्रको उत्पादकत्व मूल्य २ खर्ब ४१ अर्ब छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]