काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
लकडाउनलाई भने कडाइसाथ लागु गरिने
दमक : झापाको दमकमा देखिएको कोरोनाको संक्रमण नियन्त्रणमा आएको चिकित्सकहरुले बताएका छन्। पाँच दिनअघि एक जना कोरोना संक्रमित भेटिएको झापाको दमक तथा आसपासमा थप नयाँ संक्रमित नभेटिएको परीक्षण नतिजाले देखाएको हो। योसँगै दमकमा कोरोना नियन्त्रणमा रहेको बताइएको छ।
५ दिनअघि दमक ३ मा विदेशबाट आएका एक व्यक्तिका आफन्तमा कोरोना संकक्रण भेटिएको थियो। त्यसपछि सो वडा र आसपास क्षेत्रलाई सिल गरी सम्भावित संक्रमितको खोजी गरिएको थियो। वैशाख १३ गतेदेखि सिल गरिएका क्षेत्रका मानिसमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल हटाइएको दमक नगरपालिकाले जनाएको छ।
तर लकडाउन कार्यान्वयनलाई भने कडाइ गरिएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले जनाएकी छन्। बुधबार दमकका ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। दमक ३ तथा नजिककैको भुटानी शरणार्थी शिविरमा गरिएको सिल हाललाई खुलाइएको उनले जनाइन्। हाल दमकका दुई स्थानमा रहेका क्वारेन्टाइनमा २५ जना छन् भने दमक अस्पतालको आइसोलेसनमा ३ जना उपचाररत छन्।
कमल गाउँपालिकाका तीन जनाकाे रिपोर्ट पनि नेगेटिभ
यसैगरी दमकसँगै जोडिएको झापाकै कमल गाउँपालिकाका तीन जना व्यक्तिको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ। दमकमा संक्रमित भेटिएपछि दमकसँगै जोडिएको कमल ४ का तीन जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको र सबै रिपोर्ट नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले जानकारी दिए।
दमक र कमल गाउँपालिकामा आशंका गरिएका व्यक्तिहरुको स्वाब परीक्षणका लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।