फिचर : फोटो फिचर

बाराका दुई संक्रमितलाई यसरी लगियो अस्पताल (फोटोहरू)

बैशाख १७, २०७७

    बारा : कोरोनाको संक्रमण पुष्टि भएका दुवै जनालाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ। बाराको जितपुरसिमरास्थित कोरोना अस्थायी अस्पतालमा राखिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

    उनीहरुलाई वनदेवी मन्दिर सप्ताह समिति र आदिवासी जनजाति उत्थान संस्था जितपुर–सिमरा १६ पिलुवाद्वारा संयुक्त रुपमा सञ्चालित एम्बुलेन्समा राखेर वीरगञ्ज पठाईएको हो।

    बाराको सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरका ३१ वर्षीय पुरुष र जितपुरसिमरा उपमहानगरपालिका ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।वीरगन्ज–१६ स्थित इनरुवाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई ट्रेसिंग गरेर वैशाख १४ गते सम्पर्कमा ल्याएर सिमराको कोरोना अस्थायी अस्पतालमा राखिएको थियो। सोही दिन स्वाब संकलन गरेर पठाइएको थियो।

    फागुन २८ गते स्वदेश फर्किएका सिम्रौनगढका पुरुषलाई जितपुरसिमरा १९ इनर्वासिराको मस्जिदमा र जितपुरका पुरुष घर गएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]