समाज : सुरक्षा/अपराध

म्याद नाघेको पास बोकी खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

बैशाख १७, २०७७

    बारा : लकडाउनको बेला खाद्यान्न बोक्ने गाडी लेखिएको ट्रकमा मदिरा ओसारपसार गरेका निजगढका एक जना कोल्ड स्टोर सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    इलाका प्रहरी कार्यालय निजगढले नगरपालिका ७ स्थित रवीकोल्ड स्टोरमा मदिरा ल्याउँदै गर्दा रामबाबु रौनियारलाई बुधबार पक्राउ गरेको हो। स्टोरमा उनले बबई स्पेसल ब्रान्डको सोफी मदिरा ३६ कार्टुन भित्र्याउँदै थिए। 

    प्रहरीले सोमबार ना१क ६०२७ नम्बरको ट्रक नियन्यणमा लिएको थियो । प्रहरीले रौतहट चन्द्रपुरका ३५ वर्षीय चालक सीताराम चौधरीलाई नियन्त्रणमा लिए पनि मदिरा खरिद गर्ने रौनियारलाई पक्राउ गरेको थिएन।

    ५० काटुन सोफी मदिरामध्ये १४ काटुन सो कोल्ड स्टोरमा भित्र्याइसकेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर विकाश थपलियाले बताए। 

    कोल्ड स्टोरको अगाडि रोकिराखेको ट्रकलाई जाँच गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै चालक चौधरीलाई अभद्र कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो।

    प्रहरीले बुधबार नियन्त्रणमा लिएका रौनियारलाई पनि जिल्ला अदालतबाट १० दिनको म्याद गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए।
    मदिरा रौतहटस्थित बालाजी खाद्य उद्योगबाट ल्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन रौतहटबाट लिएको पासको समेत म्याद सकिएको पाइएको निरीक्षक थपलियाले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]