राजनीति

नेकपा सचिवालय बैठक सकियाे, स्थायी कमिटी बैठकबारे टुंगाे लागेन

वैशाख २० गते पुन: बैठक बस्‍ने

बैशाख १७, २०७७

    काठमाडाैं : सत्तरुढ नेकपा सचिवालयको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा बसेको पार्टी सचिवालय बैठकमा पार्टी एकताका विषय पछिल्ला समय उठेका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। 

    सचिवालय बैठक सकिएपछि पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी एकताको सुदृढीकरण, सरकार र केही साथीहरुले माग्नुभएको स्थायी कमिटीको बैठकको बारेमा गम्भीर छलफल भएको छ। छलफल जारी छ।’

    उनले पार्टीको स्थायी कमिटीको बैठकबारे आगामी २० गते पुनः बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताए। भने, ‘अहिलेको आवश्यकतासँग मेल खाने, जनादेशअनुसार काम गरिने र उपयृक्त निर्णय र छलफल र त्यही बैठक(सचिवालय) मा स्थायी कमिटी बैठक कहिले बस्नेबारे भन्ने टुंगो लाग्छ। 

    वैशाख ८ गते दुईवटा विवादित अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली घेराबन्दीङ्गा परेका थिए। पार्टीमा विवाद देखिएपछि २० जना स्थायी समिति सदस्यहरुले वैशाख १० गते स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग गरेका थिए। 

    त्यसविषयमा पनि बुधबारको बैठकमा सामान्य छलफल भएको छ। २० गतेको बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठ प्रकाशले जानकारी दिए।

    बुधबारको बैठकपछि पार्टीको शीर्ष नेतृत्वले अनौपचारिक गृहकार्य अगाडि बढाउने भएको छ। सचिवालयको बैठकले यी विषयमा आवश्यक छलफलपछि निर्णय लिने भएको छ। त्यही बैठकमा स्थायी कमिटी बैठकमा निर्णय भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]