समाज

मकवानपुरमा सहकारीमार्फत तरकारी बिक्री

बैशाख १७, २०७७

    हेटौंडा : मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा जिल्लाका विषयगत सहकारी संघमार्फत कृषि उपज बिक्री थालिइएको छ। जिल्ला कृषि सहकारी संघ मकवानपुर हेटौंडा–४, हुप्रचौरस्थित कृषि मार्टबाट प्याकेजिङ गरेर तरकारी बिक्री वितरण सुरु भएको हो ।

    जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाको बज्रबाराही क्षेत्रबाट आइपुगेको तरकारी काउली, मुला, मटरकोसा र हरियो धनियाँ प्याकेजिङ गरेर आजबाट बिक्री वितरण सुरु गरिएको छ। 

    जिल्ला सहकारी संघ मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा सहकारीमार्फत तरकारी बिक्री सुरुवात गरेको हो।

    सहकारीले काउली, मुला, मटरकोसा र धनियाँ राखेर कुल चार केजी ६ सय ग्रामको प्याकेट एक सय १५ रुपैयाँमा बिक्री गरेको छ । जिल्लाका विभिन्न सहकारी संस्थाहरुले माग गरेबमोजिम तरकारी वितरण गरिएको जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्यले जानकारी दिए। 

    बज्रबाराहीबाट आएको दुई हजार एक सय केजी काउली, एक हजार चार सय ५० केजी मुला, आठ सय ५० केजी मटरकोसा र ४० केजी हरियो धनियाँ वितरण गरिएको छ। बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको एउटा गाडीमार्फत जिल्लाका विभिन्न सहकारी संस्थामा तरकारी पु¥याइएको छ।

    पहिलो चरणमा तीन हजार केजी ल्याइने

    पहिलो चरणमा करिब तीन हजार केजी तरकारी ल्याउने योजना बनाए पनि माग झण्डै दोब्बर भएसँगै बज्रबराहीबाट कुल चार हजार चार सय ४० केजी तरकारी ल्याइएको थियो। विभिन्न सहकारीले एक हजार एक सय प्याकेट तरकारी माग आएको जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक गोविन्द दाहालले जानकारी दिए 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]