समाज

आगलागीमा परेका वडाध्यक्षको मृत्यु, किरिया बसेका दाजु बेहोस

बैशाख १७, २०७७

    गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर आगलागीमा परी घाइते भएका वडाध्यक्षको निधन भएको छ। बागलुङ बरेङ गाउँपालिका ३ का वडाध्यक्ष पूर्ण खनालको उपचार क्रममा बुधबार काठमाडौंमा निधन भएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए। 

    गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बजारमा यही ८ वैशाखमा खनालको पसलमा आगलागी भएको थियो। खत्रीका अनुसार आगलागीबाट खनालका कान्छा छोरा १५ वर्षका समीर खनालको सोहि दिन मृत्यु भएको थियो। त्यसमा परी वडाध्यक्ष खनाल र उनकी श्रीमती रूपा घाइते भएका थिए।

    उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। आज एक्कासि हृदयघातका कारण ज्यान गएको गाउँपालिका प्रमुख खत्रीले बताए। उक्त खबर पाउने बित्तिकै भतिजको किरिया बसेका मृतक वडाध्यक्षका दाजु शेरबहादुर पनि बेहोस भएका थिए। उनलाई पनि थप उपचारका लागि पाल्पा पठाइएको खत्रीले बताए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]