समाज

धनकुटाका एक दर्जन घरधनीले घरभाडा मिनाहा गरिदिए

बैशाख १७, २०७७

    धनकुटा : लकडाउनको समय बढेसँगै धनकुटाका घरधनीहरुले भाडा बस्दै आएकाहरुलाई भाडा मिनाहा गर्ने निर्णय गरेका छन्।  

    सरकारले लकडाउनको अवधि बढाउँदा उद्योगी, व्यवसायीहरुको व्यवसाय धराशायी बन्दै गएपछि राहतस्वरुप धनकुटा र हिलेबजारका घरधनीहरुले स्वःस्फूर्त रुपमा घरभाडा मिनाहाको घोषणा गर्न थालेका हुन्। 

    लकडाउनको प्रत्यक्ष मारमा उद्योगी, व्यवासायी परेकोले केही हदसम्म भए पनि उनीहरुलाई राहत पु¥याउने उद्देश्यले धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई सहित एक दर्जन घरधनीहरुले लकडाउन अवधिभरको भाडा पूर्ण रुपमा छुट दिने बताएका छन्। 

    धनकुटा नगरपालिका ५ धरहरा चोकको घरहरुमा व्यापारीहरुले सञ्चालन गरेका किराना र खाजाघरको भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]