स्थानीय निर्वाचन-२०७९

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार नाघ्याे

९ दिनमा ५ सय १३ जनाको ज्यान गयो

बैशाख १७, २०७७

    एजेन्सी : भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। बुधाबारसम्म भारतभर एक हजार ८० जनाको मृत्यु भइसकेको छ। बुधबार मात्र संक्रमणबाट ६९ जनाको निधन भएको छ।

    तीमध्ये महाराष्ट्रमा मात्र बुधबार एकै दिन ३२ जनाको मृत्यु भएको हो। त्यसमा पनि २६ जना मुम्बईका बासिन्दा भएका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै बुधबार गुजरातमा मात्र १६ जनाको मृत्यु भएको बताइएको छ। 

    ९ दिनमा ५ सय १३ जनाको ज्यान गयो

    हिजो मंगलबार ७१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको भारतमा पछिल्लो ९ दिनको अवधिमा मात्र ५ सय १३ जनाको मृत्यु भएको छ। अहिलेसम्मकै सबैभन्दा धेरै भारतमा अप्रिल २८ अर्थात मंगलबार ७१ जनाको ज्यान गएको छ। 

    भारतको महाराष्ट्रमा ४ सय ३२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। त्यस्तै अर्को प्रदेश गुजरातमा १ सय ९७ जनाको मृत्यु भएको त्यहाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। त्यसैगरी मध्यप्रदेशमा १ सय ३० जनाको निधन भएको बताइएको छ। भारतको राजधानी दिल्लीमासमेत ५४ जनाको निधन भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]