काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको...
सल्यान : बजार अनुगमनको जिम्मेवारी स्थानीय तहको भएपनि सल्यानका बजार अनुगमन गरिएको छैन।
लकडाउनसँगै बजारमा उपभोग्य वस्तुको मुल्यवृद्धि भएको छ भने म्याद नाघेका सामान बचेको पाइएको छ। तर दशैँतिहार वाहेक अन्य समयमा बजार अनुगमन हुने गरेको छैन।
लकडाउन अघि ल्याइएको र म्याद सकिएको आटोपिठो अहिले पनि बजारमा पाइएको छ। उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा मानवअधिकार कर्मी रामचन्द्र रेग्मीले बजारमा म्याद गुज्रेका सामान बिक्रिवितरण भैरहेको बताए।
सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरवहादुर चलाउनेले लकडाउनको समयमा अखाद्य समान बिक्रि नगर्न र मुल्य अनावश्यक नबढाउन सबै व्यापारीहरूलाई सचेत बनाएको दावी गरे।
त्रिवेणी गाउँपालिका अध्यक्ष मानवहादुर डाँगीले बजारमा अखाद्य वस्तु बिक्रि भैरहेको जनगुनासो आएपनि लकडाउनका कारण अनुगमन गर्न नसकिएको बताए। उनका अनुसार स्थानीयतहमा उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति रहेको छ।
सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बजार अनुगमनको जिम्मेवारी स्थानीय तहको भएको बताए। उनले भने, 'स्थानीय तहको अधिकारभित्र बजार अनुगमनको जिम्मेवारी तोकिएकोले अनुगमन गर्न समन्वय गरिएको छ, लकडाउनको समयमा अखाद्य वस्तु बिक्रि र मुल्य वृद्धि रोक्न उद्योग वाणिज्य संघलाई पनि पटक-पटक अनुरोध गरिएको छ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।