खेलकुद

अन्तर्राष्ट्रिय फुटबलमा तीन वर्षसम्म प्रभाव पर्न सक्ने, कतार विश्वकपमा पनि असर

बैशाख १८, २०७७

    काठमाडौं : कोभिड–१९ को महामारीले अन्तर्राष्ट्रिय फुटबलको तालिकामा २ देखि ३ वर्षसम्म प्रभाव पार्न सक्ने आंकलन गरिएको छ। 

    युरोपेली फुटबल संघ युईएफएको कार्यकारी समिति सदस्य एवम युरोपेली लीगका अध्यक्ष लार्स क्रिस्टर ओल्सोनले कोरोनाको महामारीले विश्वभरको फुटबल तालिकालाई ३ वर्षसम्म प्रभावित पार्न सक्ने बताए। 

    उनले २०२२ को कतार विश्वकपसमेत प्रभावित हुनसक्ने आशंका व्यक्त गरेका छन्। युइएफएले कोभिड–१९ को महामारीका कारण स्थगित भएको युरोपा लिग आगामी अगस्टमा सम्पन्न गर्ने तयारी गरेको छ। 

    युरोपेली फुटबल संघका अधिकारीहरु कसरी सहज रुपमा खेल तालिका व्यवस्थापन गर्ने, छोटो सयममा धेरै खेलहरु कसरी सम्पन्न गर्नेलगायतका कुरामा अहिले विमर्श गरिरहेका छन्। 

    यो सिजन छिटो सम्पन्न गर्न नसके सन् २०२०/२०२१ का सिजनहरुको तालिका बनाउन नसकिने चिन्ता युरोपेली फुटबल संघका अधिकारीहरुले व्यक्त गरेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]