विश्व

आफूलाई राष्ट्रपतिको चुनाव हराउन चीन लागिपरेको ट्रम्पको आरोप

बैशाख १८, २०७७

    काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि फेरि अर्को आरोप लगाएका छन्। उनले आफूलाई अर्को चुनावमा हराउनका लागि चीन लागिपरेकाे आरोप लगाएका हुन्। 

    ह्वाइट हाउसमा रोयटर्स समाचार संस्थालाई दिएको अन्तर्वार्तामा ट्रम्प भने ‘मैले गर्न सक्ने धेरै कुरा छन्। हामी के भयो भन्ने कुरा हेरिरहेका छौँ।’ यो दौडमा मलाई हराउन चीनले जे जति गर्न सक्ने गर्नेछ।’ 

    रिपब्लिकन राष्ट्रपति ट्रम्पले सम्भावित डेमोक्याट उम्मेदवार जो बाइडेको नोभेम्बरको निर्वाचनमा जित होस् भन्ने चीनको चाहना रहेका पनि उनले बताए। ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताए। उनले चीनले विश्वलाई सो रोगका बारेमा चाँडै बताउनु पर्ने तर नबताएको दाबी गरे।

    ट्रम्पलाई अमेरिकामा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ट प्रयास नगरेको आरोप लाग्ने गरेको छ। चीनसँग व्यापार युद्ध थालेका ट्रम्पले उनले चीनविरूद्ध के कस्तो कदम चाल्न सक्छन् भन्ने कुराको थप जानकारी भने दिएनन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]