स्थानीय निर्वाचन-२०७९

बाँकेको मस्जिदमा रहेका सात भारतीयसहित १० जनाको कोरोना रिपोर्ट नेगेटिभ

बैशाख १८, २०७७

    बाँके : नेपालगन्जको फुल्टेक्रास्थित फैजाने मदिना मस्जिद मदरसामा कोरोना परीक्षण गरिएका १० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

    मंगलबार संकलन गरिएको स्वाबको रिपोर्ट बुधबार साँझ ८ः४५ बजेतिर आएको हो। उनीहरुको पीसीआर विधिबाट भेरी अस्पतालमा कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। 

    कोरोना परीक्षण भएकामध्ये सात जना भारतीय इस्लाम धर्मगुरु र तीन जना नेपाली रहेको श्रेष्ठले बताए। ‘तीन जना नेपाली धर्मगुरुका सहयोगी भएको खुलेको छ,’ उनले भने। मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा बाँकेका सुरक्षा अधिकारी, जनप्रतिनिधि, धर्मगुरुसहित सहभागी टोलीले कोरोना परीक्षणका लागि मस्जिदमा रहेका धर्मगुरुको नमूना संकलन गरिएको थियो। 

    उनीहको स्वाब भेरी अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ आएको श्रेष्ठले बताए। बुधबार दिउँसो एकलैनीस्थित फूलवारी मस्जिदका ११ जनाको पनि स्वाब संकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]