राजनीति

जापानद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

फाइल फोटो
बैशाख १८, २०७७

    काठमाडौं :  जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ  दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने भएको छ। जापानस्थित नेपाली दूतावासले आज बिहीबार विज्ञप्ति जारी गरी उक्त अवार्ड पौडेललाई दिने निर्णय गरेको हो। 

    पूर्व-सभामुखसमेत रहेका पौडेललाई जापान सरकारले नेपाल र जापानको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेबापत विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

    वरिष्ठ नेता पौडेल सभामुख हुँदा जापान नेपाल  फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन दुई देशका सांसदहरुको अनुभव साटासाट गर्ने भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ। सोही कारण पनि पौडेललाई जापान सरकारले अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ। 

    गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]