काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न...
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बिहान करिब १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका मुख्यमन्त्री गुरुङ र प्रधानमन्त्री ओलीबीच एक्लाएक्लै दुई घण्टा भेटवार्ता भएको हो।
भेटवार्ताको क्रममा प्रदेशको विकास,आगामी आर्थिक वर्षको बजेट तथा योजनाबारे प्रधानमन्त्री ओलीसँग मुख्यमन्त्री गुरुङले कुरा गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।
त्यस्तै, कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश सरकारले गर्न सक्ने कामबारे पनि छलफल भएको न्यौपानेले जानकारी दिए। त्यस्तै अरू समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उनको भनाइ छ।
नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओली र मुख्यमन्त्री गुरुङबीचको भेटघाटलाई महत्वका साथ हेरिएको छ। यसअघि मंगलबार मुख्यमन्त्री गुरुङले आफ्नो फेसबुक लाइभमार्फत नेकपाको विवाद मिलाउन सहयोग गर्ने उद्देश्यका साथ काठमाडौं आएको बताएका थिए।
मुख्यमन्त्री गुरुङले बुधबार अर्थमन्त्री युवराज खतिवडालाई भेटी गण्डकी प्रदेशका लागि विभिन्न योजनामा बजेटसमेत माग गरेका थिए। त्यस्तै, बुधबार नै गुरुङले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र पार्टीका केही नेतासँग पनि छलफल गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।