काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
'सीमाका नेपाली ल्याउने सरकारको निर्णय स्वागतयोग्य'
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतीक राजसंस्था र स्थानीय स्वायत्त शासन प्रणालीबारे बहस अघि सारेका छन्। अब पुरानो व्यवस्थामा फर्कन सम्भव नभएको भन्दै उनले १४ वर्षको अभ्यासबाट पाठ सिकेर नयाँ राष्ट्रिय सहमति गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले देशमा विद्यमान श्रृङ्खलाबद्ध विकृतीको मुल कारक कथित आमूल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिताविहीन, अभिभावकविहीन र धरातलीय यथार्थविपरीतको व्यवस्था नै हो भनेका छन्। पहिलेको व्यवस्था ठीक थिएन भन्ने होइन तर त्यसमा सुधार गर्दै जानुपर्छ उनको ट्वीटमा लेखिएको छ।
तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन,अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था/प्रणाली हो।पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन,तर त्यसमा क्रमिक सुधारगर्दै जानु उपयुक्त हुनेथियो।अब जे हुने..
— Kamal Thapa (@KTnepal) April 30, 2020
साथै उनले अर्को ट्वीट गर्दै एक महिनाभन्दा बढी समयदेखि महाकाली पारि भारतको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनेबारे सरकारले गरेको पहल स्वागतयोग्य भएको उल्लेख गरेका छन्। ‘ढिलो भए पनि ठिक निर्णय भएको छ। अब विभिन्न मुलुकमा अलपत्र परेका र दुस्ख पाएका अन्य नेपालीहरुको पनि उद्धार गरियोस्।’
एक महिना भन्दा बढी समयदेखि महाकाली पारी भारतको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने वारे सरकारले गरेको पहल स्वागतयोग्य छ। ढिलो भएपनि ठिक निर्णय भएको छ। अब विभिन्न मुलुकमा अलपत्र परेका र दु:ख पाएका अन्य नेपालीहरुको पनि उद्धार गरियोस्। @kpsharmaoli @hello_sarkar
— Kamal Thapa (@KTnepal) April 30, 2020
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।