फिचर : फोटो फिचर

मुस्कुराउँदै ज्याकारान्डा (फोटो फिचर)

बैशाख १९, २०७७

    काठमाडौं : वसन्त ऋतु भन्‍ने बितिक्कै फूलको सम्झना आउँछ। जताततै फूलहरु फुलेका हुन्छन्। काठमाडौमा यतिबेला बैजनी रंगले भरिएको छ। सहरका साना ठूला सडक छेउमा बैजनी रंगका फूलहरुले ढाकिएका छन्। सडक छेउमा रहेका यी बैजनी रङले काठमाडौ को शोभा नै बढाएको छ।

    कसैले यसलाई सिरिसको फूल भन्छन् भने कसैले भैगेरी फूल पनि भन्छन्। कतै यसको अर्को नाम पनि छ वीरेन्द्र फूल। यसो भन्नुकाे खास अर्थ छ। यो फूलका कतिपय जातका विरुवा तत्कालीन राजा वीरेन्द्रको पालामा नेपालमा ल्याइएको थियो। यसलाई नेपाली नाम दिने क्रममा वीरेन्द्र फूल भनिएको हो।

    हरेक वर्ष वसन्त ऋतुमा फुल्ने यो फूल अहिले काठमाडौंका सडकमा मगमगाइरहेको छ। चैत वैशाखमा फुल्ने यो फूलले यतिखेर काठमाडौंको वातावरण नै मनमोहक बनाइदिएको छ।

    यो वनस्पतिको मूल थलो दक्षिण अमेरिका हो। यसलाई धेरैले जकाराण्डा भनेर चिन्छन्। ज्याकारान्डालाई मिमोसेफिलिया नामले वनस्पति विज्ञानले चिन्‍ने गर्दछ।

    आकर्षक बैजनी रंगको फूल दक्षिण अमेरिका हुँदै विश्वभर फैलिएको हो। यो रुखको विशेषता भनेकै जब यो फुल्छ, सहरको वातावरणलाई रंगीन बनाइदिन्छ। यो फूल फुलेको समय जताततै फोटो खिचौँ खिचौँ लाग्ने हुन्छ।

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]