राजनीति

नेकपाका सांसदद्वय र पूर्वआइजीपी खनालविरुद्ध आयोगमा उजुरी

बैशाख १८, २०७७

    काठमाडौं : जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध मानव अधिकार आयोगमा निवेदन दिएका छन्।

    बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै निवदेन दिएका हुन्। त्यही विवरणको निवेदन लिएर महानगरीय प्रहरी परिसर र सरकारी वकिलको कार्यालय काठमाडौंमा किटानी जाहेरी दिएपनि निवेदन दर्ता भएको थिएन। 

    सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जोखिम छ,’सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्छ।’ मानव अधिकार आयाेगले पनि उक्त पत्र बुझेकाे छ। यादवकाे पत्र १७८० नम्बरमा दर्ता भएकाे छ। 

    यादवले आयाेगमा दर्ता गरेकाे निवेदन :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]