समाज

कोरोनाले पादरी, पूजारी कसैलाई छोड्दैन भन्‍ने बुझ्‍न आग्रह

बैशाख १८, २०७७

    काठमाडौं : कोरोना संक्रमणमा कुनै जाति वा धर्म विशेषका मानिसहरूमा बढी देखिएको भन्दैमा कसैलाई लाञ्छित गर्नु नहुने भन्दै निरेन नेपाल नामक संस्थाले अपिल गरेको छ। 

    नेपाल अनेक धर्म, वर्ण, संस्कृति, मान्यता र जातीय विविधताले भरिएको राष्ट्र भएको र  एकापसमा सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्‍न सफल र उदाहरणीय राष्ट्र भएकोले  कुनै धर्म र सम्प्रदायमाथि दोष नथोपर्न पनि आग्रह गरेको छ।

    सबै धर्म, सम्प्रदायलाई एकै ठाउँमा समावेश गरी मानव कल्याणकारी कार्यमा समाजलाई चेतना जागृत गराउने काममा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको निरन नेपालले यसै भावनालाई अगाडि बढाउन महिला हिंसाविरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल निरेन राजधानीमा सरोकारवालाहरूको सानो भेट तथा छलफलको आयोजना गरेको थियो।

    मानव समुदायको अगाडि आएको कोरोनाको महामारीले कुनै धर्म, वर्ण, रंग, जाति, उँच, निच, धनी, गरिब, पादरी, पूजारी कसैलाई छोड्दैन भन्‍ने कुरालाई आत्मसात धर्म र मान्यताको आडमा भिडभाडमा जम्मा नहुन, भौतिक दूरीलाई कायम राख्‍न र घरभित्रै बसेर सरकारलाई सघाउनको लागि समेत अनुरोध गरेको छ।

    अहिलेको समयमा विश्वमै मानव जाति मात्रको हित सोचेर समभाव राखी महामारीबाट कसरी आफू बच्ने र अरूलाई बचाउने भन्‍नेतिर मात्र ध्यानाकर्षण हुनुपर्ने र मानवताको परिचय दिएर विपदमा परेकालाई सहयोग गर्नु, करूणा भाव प्रस्तुत गर्नु कर्तव्य हुने पनि बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]