समाज

मजदुर र गरिबलाई खाना खुवाउँदै विभिन्‍न संस्था

बैशाख १९, २०७७

    काठमाडौ : सरकारले कोरोना भाइरस(कोभिड१९) रोकथामका लागि बारम्बार लकडाउन थप्दै वैशाख २५ सम्म पुर्‍याएको छ। लकडाउनले गर्दा कतिपय समस्यामा परेका ज्यालामजदुरी गर्ने व्यक्ति पैदल यात्रा गरेर घर गएका छन्। त कतिपय उपत्यकामै छन्।

    अहिले उपत्यकाको नगरपालिकाभित्र रहेका ज्यालादारी र गरिबीका लागि जोरपाटी युवा क्लव, नवजीवन परोपकार समाज,भ्यालि न्यु फेमली रेष्टुरेन्ट,कृतिका मिट सप,श्रीकान्ती भैरव लुकिएर लगायत नीजि संस्था र समाजसेवी व्यक्ति सारथि बन्दै आएका छन्।

     यी संस्थाहरुले अहिले समस्याको चपेटामा परेकालाई निःशुल्क खाना खुवाउँदै आएका छन्। कृतिका मिट सप र श्रीकान्ती भैरव लुकिएरले ज्यालादारी, मजदुरी र सडकमा बसेकालाई गोकर्णको भैरव चौरमा दैनिक दुई सय जनालाई निःशुल्क खाना खुवाउँदै आएको छ। जोरपाटी युवा क्लवका अध्यक्ष साम्देन लामाका अनुसार जोरपाटीको क्लबमै अहिले दैनिक तीन सय ज्यालादारीलाई निःशुल्क खाना खुवाउँदै आएको छ।

    यस्तैगरी नवजीवन परोपकार समाजका कोषाध्यक्ष मिरा केसीले लकडाउनमा कोही पनि ज्यालादारी र गरिबी भोकै नबसून् भनेर अहिले पनि दैनिक दुई सय ५० जनालाई निःशुल्क खाना खुवाउँदै आएको बताइन्।

    ‘लकडाउनले गर्दा ज्यालादारी,गरिबीलाई समस्या भएको छ,’ उनले भनिन्,‘हाम्रो संस्था भनेकै समस्यामा परेकालाई सेवा दिने हो। सेवाकै लागि हामीले अहिले निःशुल्क खाना खुवाउदै आएका छौँ।’

    सहयोगी दाताहरू बढ्दै गएको बताउँदै उनले लकडाउन अवधिभर खाना खुवाउने जानकारी दिइन्। उनका अनुसार लकडाउन सुरु भएदेखि समाजले नै खाना बनाएर अहिले सम्म चावहिल, स्वायम्बु,बौद्ध, जोरपाटी लगायत क्षेत्रमा गई ज्यालादारी र गरिबीलाई खाना दिदै आएको छ। नगरपालिका भित्रका मजदुरीहरुका लागि भ्यालि न्यु फेमली रेष्टुरेन्टले पनि खानाका लागि खाद्यान्‍न उपलब्ध गराएको छ।

     गोकर्णेश्वर नगरपालिका ९ वडाका अध्यक्ष राजीव थापाका अनुसार निःशुल्क खाना खुवाउने अभियानमा भ्याली न्यु फेमली रेष्टुरेन्टले ६ सय जनाका लागि आवश्यक खाद्यान्‍न दिएको छ। त्यस्तैगरी समाजसेवी लाक्पा लामाले विहान ६ सय र बेलुका ६ सय जनालाई पुग्नेगरी खाद्यान्‍न उपलब्ध गराएको छ।

     नगरपालिकाले १० ठाउँबाट नि:शुल्क खाना खुवाउँदै आएका छौँ’ नीजि संस्था र समाजसेवी मात्र नभई गोकर्णेश्वर नगरपालिकाले पनि निःशुल्क भोजन गराउँदै आएको छ।

    गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका ज्यालादारी र सडकमा बस्नेलाई १० ठाउँबाट बिहान र बेलुका गरी पाँच–पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएको बताए। उनले भने,‘नगरपालिकाले फिल्डमै खटी विभिन्न दाताहरुको सहयोगमा १० ठाउँबाट खाना खुवाउने व्यवस्था गरेको छ।

    खानासँगै ज्यालादारी र गरिबीलाई मास्क र सेनिटाइजर दिँदै आएका छौँ।’ उनले सक्दो नगरपालिकाभित्र रहेका ज्यालादारी, मजदुरी र गरिबीलाई भोकभोकै बस्न नदिने बताए।

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]