समाज

दाङमा लकडाउनका कारण रोकिएका विकासे आयोजना सुचारु

बैशाख १८, २०७७

    दाङ : लकडाउनका कारण १ महिनासम्म रोकिएका विकास निर्माणका काम दाङमा अब भने सुरु भएका छन्। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले राष्ट्रिय गौरव आयोजना र अन्य विकासे योजनाको निर्माण काम सुरु गर्ने सहमति जुटाएको हो। 

    सडक, सिँचाइलगायत अत्यावश्यक विकास निर्माण काम सुरु गर्ने सर्वदलीय निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । मदन भण्डारी लोकमार्ग, घोराही–तुलसीपुर सडकखण्डको विस्तार, देउखुरीको लमही–कोइलावास सडक खण्ड र जिल्लाका अन्य विकासका रोकिएका कामलाई निरन्तरता दिइने भएको हो। 

    स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिई काम थालिने प्रजिअ भण्डारीले बताए । कोरोनाको त्रासका कारण रोकिएका विकास निर्माणका आयोजनाहरू सुरु गर्न निर्माण कम्पनीहरूलाई खबर गरेको समेत उनले जानकारी दिए । 

    त्यसैगरी तुलसीपुर–अमिलिया सडक खण्ड, देउखुरीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत लमहीदेखि शिवखोलासम्म सडकको मर्मत, दंगीशरणको बैबाङ र घोराहीको सेवार खोलामा पक्की पुल निर्माणको काम सुरु भैसकेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख निरज शाक्यले बताए । 

    बाँकी आयोजनाका काम भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर समेत गरिने उनले बताए। यता निर्माण व्यवसायी भने यसका लागि मजदुरहरु तयार नभएको बताएका छन्। 

    घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी जनक डाँगीले मजुदरहरु नहुँदा काम बढाउन नसकेको बताए। ‘हामीसँग ७ सयभन्दा बढी जिल्लाबाहिरका मजदुरहरुले  काम गर्दै आएका थिए,’ उनले भने,’ तर लकडाउनका कारण सबैलाई घर पठाइसकेका छौं।’

    सडक निर्माणको सम्झौता २०१९ भएर २८ किमि सडक निर्माणको २०२१ जुलाईसम्म सक्ने सम्झौता छ। ७/८ महिनापछि मात्र थालिएको काम अहिले लकडाउनले झनै ढिला गर्दा तोकिएकै समयमा पूरा नहुने उनले बताए। 

    ‘त्यसैगरी तुलसीपुर उपमहानगरपालिले पनि सामाजिक दूरी कायम गर्दै उपमहानरभित्र हुने विकास निर्माणको काम सुरु गरेको नगर प्रवक्ता सूर्यबहादुर डाँगीले बताए। 

    ‘हामीले नगर बजेटबाट हुन लागेका विकासका काम बढाउन सबै वडालाई जानकारी दिइसकेका छौं,’ उनले भने, ‘सामाजिक दूरी कायम गरी स्थानीय मजदुरहरुलाई परिचालन गर्ने छौँ।’ दाङमा पूर्वाधार कार्यालयअन्तर्गत ७० बढी आयोजना अलपत्र छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]