समाज

कञ्चनपुरमा लकडाउन उल्लंघन गर्ने चार सय सवारीमाथि कारबाही

आरडिटी परीक्षण नेगेटिभ आएपछि ६९ जना घर फर्किए

फाइल फोटो
बैशाख १८, २०७७

    कञ्चनपुर : लकडाउनका बेला नियमविपरीत सवारीसाधन चलाएको भन्दै कञ्चनपुरमा चार सय सवारी साधनमाथि कारबाहीमा परेका छन्। 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार एक महिना ६ दिनको अवधिमा यो संख्यामा सवारी साधन कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ अधिकारीले बताए । 

    अत्यावश्यक कामबाहेक बजार क्षेत्रमा हिँडडुल गर्ने र मदिरा सेवन गरी होहल्ला गर्नेहरु पनि कारबाहीमा परेका उनले बताए। त्यस्ता सवारीसधान चालकबाट जरिवाना असुलउपर गरिएको छ। साना सवारी सधानबाट पाँच सय र ठूलाबाट एक हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। 
     
    क्‍वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता 

    कञ्चनपुरको लालझाँडी गाउँपालिकामा निर्माणाधीन चार वटा क्‍वारेन्टाइनमा बस्दै आएका ६९ जना अवधि पूरा गरी घर फिर्ता भएका छन्। आरडिटी परीक्षणबाट उनीहरुको नतिजा नेगेटिभ आएपछि घर पठाइएको हो। गाउँपालिका अध्यक्ष मदनसेन वडायका अनुसार क्‍वारेन्टाइन अवधि पूरा नभएका चार जना मात्रै क्‍वारेन्टाइनमा छन् । 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]