स्थानीय निर्वाचन-२०७९

कोरोना परीक्षण र क्‍वारेन्टाइनमा बस्‍नेहरू कुन प्रदेशमा कति?

बैशाख १८, २०७७

    काठमाडौं : मुलुकभर कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण करिब ५९ हजार नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयले आजसम्म पीसीआर विधिमार्फत १२ हजार ११ वटा थ्रोड स्वाब परीक्षण र र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) ४६ हजार ८ सय ६० वटा नमुना परीक्षण गरी कुल ५८ हजार ८ सय ७१ वटा परीक्षण गरिएको जनाएको छ।

    मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले गत २४ घण्टामा १ हजार ६ सय ८२ वटा परीक्षण गरिएको जानकारी दिएका छन्।हालसम्म भएका परीक्षणको प्रादेशिक विवरण यसप्रकार छ :  

    प्रदेश नम्बर १ मा ४ हजार ९ सय ८५
    प्रदेश नम्बर २ मा ५ हजार ४ सय ५६
    बाग्मती प्रदेशमा ८ हजार ३ सय ६१
    गण्डकी प्रदेशमा ५ हजार ४ सय ११
    प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ९९
    कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६
    र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ 

    आजको अपडेटअनुसार क्वारेन्टाइनमा बस्नेहरूको संख्या २३ हजार ३ सय ३६ जना पुगेको छ। कहाँ कति छन् त क्वारेन्टाइनमा? हेर्नुहोस् प्रादेशिक विवरण : 
    प्रदेश नम्बर १ मा २ हजार ५ सय ७६ जना
    प्रदेश नम्बर २ मा १ हजार ४ सय जना
    बाग्मती प्रदेशमा  ५ सय ५१ जना
    गण्डकी प्रदेशमा ५ सय ९३ जना
    प्रदेश नम्बर ५ मा १२ हजार ७ सय ५२ जना
    कर्णाली प्रदेशमा ३ हजार ९ सय ९८ जना
    र सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना 

    मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ५७ रहेको छ भने तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। आइसोलेसनमा बसेका संक्रमित र सम्भावित संक्रमितको ८० जनामा काठमाडौं उपत्यकामा ३ जना र काठमाडौंबाहिर ७७ जना छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]