काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अहिले देखिएको विवादको नेताहरुबी सघन छलफलबाट टुंग्याउनुपर्ने बताएका छन्।
बहुमत जुटाउने नाममा भएको हस्ताक्षर अभियानले पार्टीमा झनै विवाद चर्काएको उनले बताए। हस्ताक्षर संकलनको अर्थ नरहेको उनी बताउँछन्। स्थायी कमिटी र सचिबालय बैठकबाट आपसी छलफल गरेर विवाद समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।
‘यो हस्ताक्षर अभियान गर्नपर्ने काम नै होइन, यो पार्टीभित्र, पार्टीका कमिटीहरुमा बसेर छलफल चलाउने हो। प्रधानमन्त्री हुँदै हुनुहुन्छ। पार्टीका नेताहरु हुँदैहुनुहुन्छ', उनले भने,'सांसदहरुले गरेर के गर्ने? दलको नेता चुनेर उहाँ प्रधानमन्त्री भएकै हो। अब के का लागि हस्ताक्षर अभियान? यो चलाउने कुरै होइन।'
पार्टी कमिटीमा, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा सौहार्दपूर्ण छलफल गरेर निकास निकाल्नुपर्नेमा उनले जोड दिए। 'मैले यो हस्ताक्षर सुरु गराउनुको केही अर्थ नै देखेको छैन', उनले भने।
प्रधानमन्त्रीलाई हटाउने नहटाउने विषयमा छलफल नभएको उनले बताए।' स्थायी कमिटीको बैठक बस्नुपर्यो। त्यहाँ सबै समस्यामा छलफल भएपछि पो के गर्ने कसो गर्ने भन्ने हुन्छ', उनले थपे, 'यसरी बाहिर भन्ने, हस्ताक्षर गर्ने सांसदहरुले यस्तो हुँदैनथ्यो। स्थायी कमिटीमा इस्यू छ।'
उनले यो विवाद दुई अध्यक्ष बसेर समाधान गर्नु पर्नेमा जोड दिँदै यदि नभएमा सचिवालयमा मिलाउनुपर्ने उल्लेख गरे।
'विवादबारे त सचिवालयमा पो छलफल गरेर समाधान गर्ने हो। एकातिरबाट हस्ताक्षर सुरु भएपछि अर्कोतिर सुरु गर्नु स्वभाविक हो', उनले भने, 'कसैले एकातिर गर्लान्, कसैले दुवैतिर गर्लान्। त्यसले के हुन्छ? आफ्नै सांसदहरुलाई आफैंसँग बाँडेर के गर्न खोजिएको हो। मैले बुझेको छैन। पार्टीमा उत्पन्न भएको समस्या हो। नेतृत्वले बसेर राम्रोसँग छलफल गरेर यसको समाधान खोज्नुपर्छ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।