समाज

छेकेन लकडाउनले, कामकै चटारो किसानलाई

बैशाख १८, २०७७

    ओखलढुंगा : कोराना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले देशभर लकडाउनको घोषणा गरेको भए पनि ओखलढुंगाका ग्रामीण क्षेत्रमा त्यसको प्रभाव देखिएको छैन। 

    नेपाल सरकारले लकडाउनको घोषणा गरी नागरिकलाई होम क्‍वारेन्टाइनमा बस्न आग्रह गरे पनि जिल्लाका अधिकांश ग्रामीण भेगका स्थानीय बिहानैदेखि खेतबारीको काममा व्यस्त देखिन्छन्।

    ग्रामीण भेगका अधिकांश नागरिक लकडाउनबारे जानकार हुँदाहुँदै पनि समय अनुसार खेतीवाली गर्नुपर्ने र रोजीरोटीका लागि पनि कृषि कर्ममा व्यस्त भएको पाइएको हो। 

    लिखु गाउँँपालिका ६ का वडा अध्यक्ष टीकाराम क्याप्छाकी मगरले यस समयमा गाउँघरतिर मानिस सबै घरायसी तथा बारीको काममा व्यस्त भएको बताए। 
    बजार क्षेत्रमा लकडाउनको पालना गर्ने गरेका भए पनि गाउँघरमा किसान आफ्नो खेतबारीमा नै मकै गोड्ने, गहुँ, तोरी काट्ने, आलु खन्ने तरकारी लगाउने गोड्ने लगायतका काम व्यस्त रहेका उनको भनाइ छ।

    ग्रामीण भेगका अधिकांश नागरिकको मुख्य पेसा नै कृषि भएकाले पनि उनीहरूले मल बोक्ने, आलु, मकै गोडमेल गर्ने, घाँस दाउँदा मेलापातजस्ता कामलाई निरन्तरता  दिइरहेका छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]