समाज

अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरको निर्देशन

बैशाख १९, २०७७

    काठमाडौं : पोखरा महानगरपालिकाले विद्यालयले सञ्चालन गरिररहेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ। पूर्वाधार बिना अनलाइन कक्षा सञ्‍चालन गरेकोमा उजुरी परेको भन्दै महानगरले तत्काल बन्द गर्न निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ। 

    महानगरपालिकाले सम्पूर्ण विद्यालयहरूलाई परिपत्र गर्दै अनलाइन तथा इन्टरनेटको पहुँच नभएका विधार्थी र उनीहरूका अभिभावकलाई तनाव भएको विज्ञप्तिमा उल्लेख छ।

    अनलाइन कक्षा बन्द गराउनुपर्ने कारण उल्लेख गर्दै पत्रमा भनिएको छ,'अनलाइन कक्षा सञ्‍चालन गर्दा सम्पूर्ण विद्यार्थीहरूमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सञ्‍चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विधार्थी तथा अभिभावकहरुलाई मानसिक दबाबसमेत परेको छ।'

    कोरोना भाइरसको महामारी र निरन्तरको लकडाउनका कारण देशभरका ठूला विद्यालयहरूले विद्यार्थीलाई व्यस्त बनाउन अनलाइन कक्षाहरू सञ्‍चालन गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]