समाज

लकडाउन सदुपयोग : हावाबाट बिजुली

बैशाख १८, २०७७

    म्याग्दी : लकडाउनको समय एक महिनाभन्दा बढी भइसक्यो। मानिसहरु घरभित्र बस्दा बस्दा वाक्कदिक्क भइसके। तर म्याग्दीका एक व्यक्तिले भने लकडाउन सदुपयोग गरी हावाबाट बिजुली निकालेर टोल नै झिलिमिली पारेका छन्।

    तीन दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय बेनीका बेनी बैंकरोडका दुर्गाबहादुर श्रेष्ठले तीन दिनको अथक मिहेनतपछि १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन गरेका छन्। श्रेष्ठ म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालकसमेत हुन्।

    चार वर्षअघि आफ्नै सीप र प्रविधिको उपयोग गरी कालिगण्डकी नदीबाट टर्बाइनमार्फत दुई सय किलोवाट विद्युत् उत्पादन गरेका छन्। बेनी बजारमा अहिले उनको चर्चा चुलिएको छ।

    लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उनले बताए। आफूसँग भएको सीप र सामग्रीको सदुपयोग गरेर बिजुली निकालेको श्रेष्ठले भनाइ छ। 

    उनले बेनीमा कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न संघसंस्थाले बनाउन लागेको स्यानिटाइजर टनेल निर्माणमा समेत सहयोग गरेका छन्। ‘सधैं हावा लागिरहने ठाउँ हो, परीक्षणको रुपमा प्रयास गरेको थिएँ, सफल भएँ’, श्रेष्ठले भने। उनले थप प्रविधिको प्रयोग गरी क्षमता बढाएर बेनी बजारको एउटा क्षेत्रलाई नै पुग्ने गरी विद्युत् निकाल्न सकिने बताए।

    पर्यटकीयस्थल लभ्लीहिलमा जडान गर्ने सोच भएको उनकोे भनाइ छ। हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले लभ्लीहिलमा लगेर जडान गर्ने उनले बताए।
    साँझको समयमा लभ्लीहिलमा हावाबाट निकालेको बिजुलीले झिलीमिली पार्ने योजना उनले बनाएका छन्। साथै लभ्लीहिलमा मोबाइल चार्ज स्टेसन बनाउने उनको योजना छ। 

    करिब ३ दशकदेखि ऊर्जाको क्षेत्रमा सक्रिय श्रेष्ठले म्याग्दीका विभिन्न लघुजलविद्युत्सहित जिल्ला बाहिरका परियोजनामा समेत आफ्नो सीपको प्रयोग गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]