बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
दमक : लकडाउनको समयमा पनि झापाका बजार खुल्न थालेपछि एकरुपता ल्याइएको छ।
विभिन्न स्थानीय तहले आआफ्नै ढंगले २ देखि ४ घण्टासम्म दैनिक बजार खुला गर्दा कोरोना फैलने त्रास बढेको भन्दै अत्यावश्यकीय वस्तु खरिद तथा आपूर्तिका लागि जिल्लाभरि एकै समयमा पसल खुला गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए।
खाद्यान्न, दूध, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको खरिद र आपूर्तिका लागि जिल्लाभर एकै समय बिहान ८ देखि ११ बजेसम्म खोल्न दिइने प्रशासनले जनाएको छ। औषधि तथा उपचार जस्ता अत्यावश्यकीय तथा वस्तु आपूर्तिका लागि भने यो नियममा राखिएको छैन।
उनले भने, ‘यो लकडाउन खुकुलो बनाउन नभई झनै कडा बनाउन गरिएको हो, विभिन्न स्थानीय तहले आफूअनुकूल विभिन्न समयमा बजार खुलाउँदा लकडाउन कार्यान्वयनमा समस्या देखियो त्यसैले समयमा एक रुपता ल्याइएको हो।’
२६ जनाको स्वाब पठाइयो
एक जनामा कोरोना संक्रमण देखिएको झापाको दमकमा पुनः २६ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ। यसअघि पहिलो चरणमा पठाइएका ५४ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको थियो। बिहीबार पुनः थप नमुना परीक्षणका लागि पठाइएको दमक नगरपालिकाले जनाएको छ। दमक ३ मा एक विदेशबाट आएका व्यक्तिका आफन्तमा कोरोना संकक्रण पाइएको थियो।
त्यसपछि सो वडा र आसपास क्षेत्रलाई सिल गरी सम्भावित संक्रमितको खोजी गरिएको थियो। सो स्थानमा वैशाख १३ गतेदेखि सिल गरिएकोमा सबै नतिजा नेगेटिभ आएपछि सो सिल भने बुधबार खुला गरिएको दमक नगरपालिकाले जनाएको छ।
एक जना मात्र हिँड्न पाइने
झापामा पहिलो पटक कोरोना संक्रमण देखिएको दमकमा अत्यावश्यकीय कामका लागि समेत हिँडडुललाई कडा पारिएको छ। नगरप्रमुख रोमनाथ ओलीको संयोजकत्वमा दमक उद्योग वाणिज्य संघ, इलाका प्रहरी, इलाका प्रशासन, सशस्त्र प्रहरी बललगायत बैठकले लकडाउन कडा बनाउन अत्यावश्यक उपभोग्य सामग्रीबाहेक अरु पसल व्यवसाय खोल्न नपाउने निर्णय गरेको हो।
यस्तै फुटपाथ र सडकमा तरकारी तथा अन्य पसल व्यवसाय राख्न नपाउने, स्थानीय प्रशासन कार्यालयको सिफारिसबिना मोटरसाइकल, सिटीसफारी, टेम्पो, गाडी चलाउन नपाउने र अत्यावश्यक काममा जानुपर्दा १ जना व्यक्ति मात्र निस्किन पाउने निर्णय गरिएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।