स्थानीय निर्वाचन-२०७९

रौतहटका ४७ जनाको स्वाब संकलन

बैशाख १९, २०७७

    रौतहट : कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएका ४७ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ। 

    गत मंगलबार बृन्दावन नगरपालिका–९ भुसाहाका २४ वर्षीय युवक र गुजरा नगरपालिका–५ स्थायी घर भएका देबाही गुनाही नगरपालिका–१ करुनिया ससुरालीमा बसेका ३५ वर्षीय युवकको कन्ट्रयाक ट्रेसिङको आधारमा ४७ जनाको स्वाब संकलन गरिएको हो।

    संक्रमितहरुको आफन्त र गाउँलेहरुको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकु पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए।

    ९ भुसाहाका संक्रमित युवाका श्रीमती, दुई छोरी, भाइ , घर बनाउने मजदुर, गहुँ झार्न प्रयोग गरेको थ्रेसर चलाउने मजदुर गरी २० जनाको स्वाब संकलन गरिएको प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए। उनीहरु सबैलाइ चन्द्रपुरस्थित क्वारेनटाइनमा राखिएको छ।

    यसैगरी भारतको दिल्लीबाट लकडाउन कै समयमा चोरबाटो हुँदै वैशाख ४ मा नेपाल आएका देवाही गुनाही–१ करुनियाका संक्रमितको नौजना आफन्तको पनि स्वाब संकलन गरिएको छ। उनीहरुलाइ देबाही गुनाही नगरपालिकास्थित पोलिटेक्निक टेक्निकल इन्च्युटको क्वारेनटाइमा राखिएको छ।

    यस्तै, कोरोना संक्रमणको उपचार गरी निको भइसकेका इशनाथ नगरपालिकाका संक्रमितको १७ जना आफन्तको पनि स्वाब संकलन गरिएको प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए। गरुडा नगरपालिकाको एकजना गरी बुधबार ४७ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको हो।

    जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबारदेखि बृन्दावन नगरपालिका–९ को भुसाहाटोल र देवाही गुनाही नगरपालिका–१ करुनिया गाउँ सिल गरेको छ। अहिले सो क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीले  निगरानी गरीरहेको छ।  कोरोना संक्रमित दुईजनाको नारायणी उपक्षेत्रीय कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]