समाज

कार दुर्घटनामा बर्दघाटका व्यवसायी भुर्तेलको मृत्यु, दुई घाइते

बैशाख १९, २०७७

    नवलपरासी : पश्चिम नवलपरासीमा कार दुर्घटना हुँदा बर्दघाटका केवल टेलिभिजन व्यवसायी हरिकृष्ण भुर्तेलको मृत्यु भएको छ। भुर्तेलसँगै कारमा सवार अन्य दुईजना घाइते भएका छन्। घाइते हुनेमा बर्दघाट नगरपालिका–४ का रामप्रसाद पाण्डे र गोकर्ण शर्मा रहेका छन्। 

    बिहीबार साँझ बर्दघाटबाट त्रिवेणीतर्फ जाने क्रममा भुर्तेलले चलाएको बा १२ च २००९ नम्बरको कार बर्दघाट नगरपालिका–१६ केराबारीमा सडक छेउमा रहेको विद्युतको पोलमा ठोक्किएको हो। दुर्घटना भएपछि स्थानीयले उद्धार गरी भुर्तेललाई बर्दघाट–२ चिसापानी अस्पतालमा पाण्डे र शर्मालाई बर्दघाटमा रहेको संजिवनी हेल्थ होममा पु¥याएका थिए।

    भुर्तेलको चिसापानी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने घाइतेहरुलाई थप उपचारका लागि भरतपुर पठाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घाइतेहरु खतरामुक्त रहेको बताइएको छ।

    भुर्तेल बर्दघाट बजारमा लामो समयदेखि केवल टेलिभिजन व्यवसाय गर्दै आएका थिए। उनी दाउन्ने स्पेस नेटवर्कका सञ्चालक हुन्।

    उनीहरु लकडाउनको समयमा के कारणले जाँदै थिए भन्ने नखुलेको र घाइते गोकर्णले आफूहरु बरुवा जान लागेको बताएको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमबहादुर केसीले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]