समाज

ट्याङ्करको ठक्करबाट चितवनमा एकको मृत्यु

माघ २६, २०७३

    चितवन : पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट बुधबार एक किशोरीको मृत्यु भएको छ। भरतपुरबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ख ५७१४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको ना ४२ प ४८८६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो।

    खैरहनी नगरपालिका–२ स्थित राजमार्गमा बिहान ९ बजे भएको उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने १७ वर्षकी सविना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    उनको घटनास्थलमै ज्यान गएको हो। मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन्। दुर्घटनापछि ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]