छापा

तेस्रो वरीयताका चन्दलाई आईजी बनाउन देउवाको दबाब, गृहमन्त्री असन्तुष्ट

माघ २७, २०७३

    काठमाडौं : नयाँ प्रहरी प्रमुखको छनोटलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनकै पार्टीका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिबीच तीव्र मनमुटाव भएको छ। बुधबार देउवा, निधि र कांग्रेसका अर्का मन्त्री डा.प्रकाशशरण महतबीच वार्ता भएपछि देउवा तथा निधिबीचको मतभेद केही कम भएको र आवश्यक समझदारी निर्माणपछि मात्र यसबारे निर्णय लिने सहमति पनि दुई नेताबीच बनेको उच्च स्रोतले बताएको छ।

    सोमबार आफ्नै निवास बूढानीलकण्ठमा देउवाले जुनसुकै अवस्थामा पनि तेस्रो वरीयताका डीआईजी जयबहादुर चन्द आईजीपी बन्नुपर्ने धारणा राखेपछि निधिले पहिलो वरीयतामा रहेका डीआईजी नवराज सिलवाललाई बञ्चित गर्दा घोर अन्याय हुने भन्दै न्याय र पारदर्शिता प्रदर्शन गर्न सभापतिसँग आग्रह गरेका थिए।

    आक्रोशित देउवाले चन्दलाई आईजीपी नबनाउने हो भने गृहमन्त्रीबाट स्वयं हट्नुपर्ने प्रतिक्रिया दिएपछि निधिले अन्यायको साटो मलाई आफ्नो पदत्यागको विकल्प मञ्जुर छ भन्दै देउवा निवासबाट बाहिरिएका थिए। त्यसको केही दिनअघि स्ववियु निर्वाचनसम्बन्धी भएको कांग्रेस पदाधिकारी बैठकमा औपचारिक एजेन्डाको समाप्तिपछि पनि आगामी प्रहरी प्रमुख को भन्ने प्रश्न उठेको थियो।

    चन्दलाई आईजीपी नबनाउने हो भने गृहमन्त्रीबाट हट्नुपर्ने देउवाको प्रतिक्रियापछि निधिले अन्यायको साटो पदत्यागको विकल्प मञ्जुर छ भन्दै देउवा निवासबाट बाहिरिएका थिए ।
    देउवाले त्यहाँ पनि चन्दको नाम सुझाएका थिए जसलाई निधिले प्रतिवाद गरेका थिए। बिहीबार नियमित क्याबिनेट बैठक नबस्ने वा बसे पनि कांग्रेस मन्त्रीका तर्फबाट आईजीपी छनोटबारे केही समय निर्णय नगर्न आग्रह गरिने भएको छ ।

    कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले सभापतिको निर्देशन मान्न गृहमन्त्रीलाई सुझाव दिएपछि आईजीपी नियुक्ति क्याबिनेटले गर्छ, पार्टी सभापतिले होइन भन्दै आफू सिलवालको पक्षमा रहेको निधिले स्पष्ट गरेका थिए।

    फागुन ३ मा आईजीपी उपेन्द्रकान्त अर्यालले सेवाहदका कारण अवकाश लिएपछि हाल डीआईजीको पहिलो नम्बर वरीयतामा रहेका सिलवाल र तीन नम्बरमा रहेका चन्द प्रतिस्पर्धीका रूपमा देखा परेका छन्। देउवा र निधिबीचको मतभेदले सार्वजनिक रूप लिएपछि त्यसको प्रत्यक्ष प्रभाव कांग्रेस पार्टीको एकतामा पर्ने सम्भावना बढ्दै गएपछि कांग्रेसका विभिन्न नेताहरूले पार्टीको छवि र प्रहरीको मनोबलमा प्रतिकूल असर नपर्ने गरी निर्णय लिन दुवै नेतालाई दबाब दिँदै आएका छन्।

अन्नपूर्ण पोस्ट

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]