विश्व

कश्मिर तनाव जारी, अहिलेसम्म २३ को मृत्यु

Photo : AFP
असार २७, २०७३

    एजेन्सी : हिजबुल मुजाहीदीनका कमाण्डर बुरहान वानीको शुक्रबार प्रहरीसँगको मुठभेडका क्रममा मृत्यु भएपछि कश्मिरमा सुरू भएको हिंस्रक विरोध‍-प्रदर्शनमा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ। 

    प्रदर्शनकारीहरू र प्रहरीबीच भएको झडपका क्रममा गोली चल्दा आइतबार साँझ ५ जनाको मृत्यु भएको छ। यसका साथै प्रदर्शनमा घाइते भएका मानिसमध्ये अन्य ५ जनाको उपचारका क्रममा आइतबार मृत्यु भएको बीबीसीले जनाएको छ। 

    प्रदर्शनका क्रममा एक प्रहरी जवानको मृत्यु भएको छ। प्रदर्शनकारीले एक गाडीलाई अनन्तनागको झेलम नदीमा फ्याँकिदिँदा ती प्रहरीको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ। 

    त्राल र शोपियामा प्रदर्शनकारीको भिडले दुई प्रहरीलाई निशाना बनाएको थियो। 

    प्रदेश सरकारले शान्ति कायम राख्नका लागि गरेको अपिलले कुनै काम गरेको छैन्। अहिलेसम्म उक्त क्षेत्रमा कर्फ्यु जारी छ तर पनि प्रदर्शनकारीले प्रदर्शन गर्न छाडेका छैनन्। 

    केन्द्रीय सरकारले आइतबार करिब दुई हजार अतिरिक्त सुरक्षाकर्मी उक्त क्षेत्रमा तैनाथ गरेको छ। 

    बुहरानको मृत्यु शूक्रबार भएको थियो, यस्तोमा इदका कारण मानिसको घरमा खानेकुरा प्रसस्त भएका कारण अहिलेसम्म कुनै समस्या नभएको तर अब कर्फ्यु लम्बिए मानिसलाई खान-पिउन र औषधीको समेत समस्या पर्ने समाचारमा जनाइएको छ। 

    बिरामीहरूलाई अस्पताल लैजना पनि अफ्ठ्यारो भइरहेको छ। आइतबार प्रहरी तथा प्रदर्शनकारीले एम्बुलेन्सलाई समेत निशाना बनाएको समाचारमा बताइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]