स्थानीय निर्वाचन-२०७९

कोरोनाबाट मृत्यु हुनेको संख्याले पनि दोहोरो अंक छोयो

जेठ २२, २०७७

    काठमाडौं : नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्याले पनि दोहोरो अंक छोएको छ। यही जेठ २० गते पाल्पाको मिसन अस्पतालमा ज्यान गुमाएका ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टिभएसँगै नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको हो। 

    पाल्पाको पूर्वखोला गाउँपालिका घर भए भारतबाट आएका ४५ वर्षीय पुरुषमा पछिल्लो पटक कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटका अनुसार उनी भारतबाट आएर क्वारेन्टाइनमा थिए। 

    उनमा श्वास फेर्न समस्या र उच्च ज्वरो देखिएपछि स्वाब संकलन गरिएको थियो। तर उनको पनि ज्यान गएपछि मात्रै कोरोनाको रिपोर्ट आएको हो। उनलाई तीन दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]