स्थानीय निर्वाचन-२०७९

सरकारको ध्यान आरडिटीमै, फेरि डेढ लाख किट किन्दै

विज्ञहरुको सुझाव र अनुसन्धान प्रतिवेदनको बेवास्ता

जेठ २२, २०७७

    काठमाडौं : कोरोना भाइरस सक्रमित बढ्दै जान थालेपछि परीक्षणको दयारा फराकिलो बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि थप डेढ लाख थान र्‍यापिड डाइग्‍नोस्टिक टेष्ट किट (आरडीटी) किन्‍ने निर्णय गरेको छ।

    मन्त्रालय अन्तरगर्तको कोभिड-१९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले कोभिड-१९को परीक्षण थप बढाउनु पर्ने भन्दै थप १ लाख ५० हजार थान आरडीटी किट खरीद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको हो।

    यसअघि विभागले यसैसाता १ लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ। विज्ञहरुले  आरडीटी परीक्षणको औचित्य नभएको  भनिरहेको बेला मन्त्रालयले पुन: आरडिटी किट खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो।

    मन्त्रालय स्रोतका अनुसार भारतबाट ठूलो संख्यामा नेपालीहरु भित्रिएकाहरु क्‍वारेन्टाइनमा रहेको अवस्थामा परीक्षणका लागि यस्तो निर्णय लिइएको हो। १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडिटी गरेरै घर पठाउने योजनाका साथ किट आवश्यक रहेको ठहरसहित उक्त निर्णय लिइएको हो।

    'पछिल्लो समय भारतबाट मानिसहरु आउने क्रम बढिरहेको छ, अझै सरकारले तेस्रो मुलुकबाट पनि नेपालीहरु ल्याउने भनिरहेको छ', स्रोत भन्छ, 'यसरी आउने सबैको पिसिआर परीक्षण गर्न सम्भव छैन। अब आउनेहरुको आरडिटी गर्न किन्‍ने निर्णय भएको हो।'

    मन्त्रालय अन्तर्गतकै स्वास्थ्य अनुसन्धान परिषद्ले आरडिटी परिक्षण गर्न  उचित नहुने भन्दै मन्त्रालयलाई केही समय अगाडि एउटा अनुसन्धान रिपोर्ट पठाइसकेको छ। मन्त्रालयले पनि उक्त प्रतिवेदनको बेवास्ता गर्दै पिसिआरमा भन्दा आरडिटीमै जोड दिइरहेको छ।

    नेपालमा पछिल्लो साता कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ। संक्रमण तीव्रता भएसँगै सरकारले देशभर जनस्वास्थ्य संकटकाल लगाउने तयारीसमेत अघि बढाइसकेको छ।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]